समाज

झोरमा सडक निर्माण कार्यले टोखा-छहरे सडकखण्ड अवरुद्ध

झोर,कात्तिक २१ । टोखा-छहरे सडकखण्डको झोरमा सडक निर्माण कार्यले यातायात अवरुद्ध भएको छ। शुक्रबारदेखि सुरु भएको कल्भर्ट तथा हिमपाइप बिच्छ्याउने कार्यले टोखा-छहरे सडकखण्ड अवरुद्ध भएको स्थानीय युवा दिपेन्द्र लामिछानेले बताए।

नागढुङ्गाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं कात्तिक २१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता

१२ केजी अफिमसहित दुई जना पक्राउ

रुकुम कात्तिक २१ । रुकुम पश्चिममा १२ केजी अफिमसहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ८ निवासी ४६ वर्षीय मालबहादुर सिंह र

एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं कात्तिक २१ । गैरआवासीय नेपाली संघ एनआरएनएले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए

कोरोना माहामारीबीच ३३ मुलुकबाट १ लाख ३१ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं कात्तिक २१ । कोरोना माहामारी सुरु भएदेखि हालसम्म विदेशबाट एक लाख ३१ हजार ९७४ नेपाली स्वदेश फर्किएका छन् । कोरोनाको कारण विदेशमा अलपत्र परेका नेपालीहरु विभिन्न ३३ मुलुकबाट नेपाली

काठमाण्डौको खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने

काठमाडौं कात्तिक २१ । काठमाण्डौको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन नपाइने भएको हो

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं कात्तिक २१ । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको सेती प्रादेशिक अस्पतालमा

हेटौंडाबाट १० लाख घुस सहित इन्जिनियर पक्राउ

हेटौंडा,कात्तिक २१ । एक इन्जिनियर हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई अख्तियार

भिरबाट टिपर खस्दा दुई जनाको मृत्यु

नवलपरासी कात्तिक २० । नवलपरासी बर्दघाट–सुस्तापूर्व नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा दुई जनाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे