गायन रियालिटी सो ‘नेपाल आइडल’ सिजन–३ सुरू



काठमाडौं । गायन रियालिटी सो ‘नेपाल आइडल’ सिजन–३ आजदेखि सुरू हुँदैछ । अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेपछी आजबाट टेलिभिजनमा प्रशारण सुरू हुन लागेको हो ।एपी वान टेलिभिजनबाट उक्त रियालिटि सो प्रसारण हुने भएको हो।
यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै रहने छन् । होस्टको रुपमा अघिल्लो दुई सिजनमा रहेकी रिमा विश्वकर्मा भने यो सिजनमा हुने छैनन् । उनी ‘कमेडियन च्याम्पियन’ सो तर्फ लागेपछि उनको ठाउँमा माम्तीको प्रवेश भएको छ । कार्यक्रम राति ८ः३० बजे प्रशारण हुने छ । यसअघि ‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजयी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्