गायक रामकृष्ण ढकाल र निलमबिच सम्बन्ध बिच्छेद



काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनको श्रीमती निलम शाह बिचको सम्बन्ध विच्छेद भएको छ । उनको पत्नी निलम साह ढकालले केहि समय अगाडि सम्बन्धविच्छेदको लागि जिल्ला अदालत काठमाडौंमा निवेदन दिएकी थिइन।काठमाडौ जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले निलम र रामकृष्ण बीचको सम्बन्ध विच्छेद गर्न मिलापत्र गरेका हुन् ।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार चर्चित गायक ढकाल र निलम बीच एकाअर्कासग सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । ‘उहाँहरुले सम्बन्ध विच्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गरेका छन्’ उनले भने ‘बादीले अंश नलिने गरी मिलापत्र भएको छ ।’
गायक ढकाल र निलमका एक छोरी रानी भने आमा सगै बस्ने सहमति समेत भएको श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्