लोकदोहोरी गीत “घरबार”सार्वजनिक(भिडियो सहित)



काठमाडौ।गायक तथा गायिका द्वय प्रज्वल मगर र निता पुन ( रेजिना) को स्वरमा रहेको लोकदोहोरी गीत ´घर बार`सार्वजनिक भएको छ। गीतकार समेत रहेका उदयीमान गायक प्रज्वल मगर को लयमा रहेको यस ´ घर बार`लाई दर्शक श्रोताले मनपराएको गायक मगरले दावी गरे।

यस लोकदोहोरीमा शब्द संगीत पुर्ण मगर यात्रीको रहेको छ भने स्मृति तिमल्सिना (गुरु आमा) ले निर्देशन गरेका छन् ।त्यस्तै अर्जुन थापाको संगीत संयोजन तथा करण चैसिरको छायांकन रहेको यस गीतमा एलिना राईमाझी र नरेन्द्र आचार्यको अभिनय रहेको छ।
लोकदोहोरी गीत घरबार लाई गायक तथा गीतकार प्रज्वल मगरकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
हेर्नुस् भिडियो:-

प्रतिक्रिया दिनुहोस्