निर्वाचनमा पराजित उम्मेद्धवार घरदैलो गर्दै



राघबेन्द्र चौबे, कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको ३८ बर्षीय कमलेश चौधरी युवा समाजसेवी हुन । २०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका चौधरी अर्का बागी उम्मेदवार निसार अहमद खानसँग पराजित भए । त्यो पनि ७४ मतको अन्तरले पछारिए । उनले जम्मा १ हजार ७ सय ६३ मत ल्याए।

चुनाबका बखत नेताहरु नमस्कार गर्दै जनताको घरदैलोमा पुग्ने गर्छन। नागरिकहरुलाई अनेकौं आश्वासन बाड्ने गर्छन् तर निर्वाचन पश्चात भने एक पटक पनि नाक मुख देखाउदैनन । तर, यस्तो नेपाली राजनीतिक संस्कारलाई ठाडै चिर्दै ‘हर हमेसा’ जनताका माझ पुग्दै जनताका समस्या बुझ्दै जनता माझ जाने नेता हुन् चौधरी । यति मात्रै कहाँ हो र ? उनी जनताका बीच पुगि भावी योजना बनाउने, युवा, बाल, बृद्ध सबैसँग बसि भलाकुसरी गर्दै उस्तै व्यबहार गर्ने, विभिन्न कार्यक्रममा सरिक हुने, गाउँमा झगडा मिलाउन सरल ढंगले मध्यस्थता गर्ने देखि स्थानीय सरकारबाट भएका नराम्रा कामका विरुद्ध पनि उत्तिकै सजगता पुर्वक लाग्छन । उनी सरल, मिजासिलो, मिलनसार र सालिन छन ।उनको पछिल्लो व्यवहारबाट अधिकांश शुद्धोधन बासी जनता अत्यन्तै प्रभावित भएको पाइएको छ ।
कृषि, राजनिती र समाजसेवामा सक्रीय चौधरीको जति तारिफ गर्दा पनि कमै हुन्छ । जिल्लाको शुद्धोधन गाउँपालिकाको दलित बिपन्न गरिबहरुको लागि उनले थुप्रै काम गरेको छन् । गरिब परिवारहरुको लागि आर्थिक सहयोग होस वा गरिब ,दलित , बिपन्न समुदायका गरिब परिवारहरुलाई लताकापडाको सहयोग गरेर। युवा समाजसेवीको दरबिलो छबि उनले बनाएका छन ।

‘गरिब दुखी परिवारलाई मद्दत गर्न म सधै तयार छु ।’ उनले भने,’ गरिब परिवारहरुलाई सहयोग गर्दा आफुलाई सन्तुष्ट्री मिल्ने उनले सुनाए। ‘खुशी लाग्छ’ चौधरीले भने,’ बांचुन्जेल जनताको सेवा गरिरहने छु,’ आज मेरो देशको लागि केहि गरेको जस्तो लाग्छ। उनले भने । उनि जिल्लाकै एक उदाहर्णिय माछा ब्याबसायी समेत हुन। शुद्धोधनमा उदय एकीकृत माछा फर्म संचालन गरिरहेका उनी अहिले राजपा शुध्दोधन गाउँपालिका कमिटीको अध्यक्ष पनि हुन।

प्रतिक्रिया दिनुहोस्