श्रीमतीको हत्या गरेर खरबारीमा पुर्ने श्रीमान पक्राउ



प्यूठान । श्रीमती हत्या आरोप लागेका प्युठानमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको मल्लरानी गाउँपालिका–३ चौरपानीका स्थानीय ६६ वर्षीय खोडस गिरीलाई आफ्नै श्रीमती ५८ वर्षीया लोकादेवी गिरीको हत्या आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक लोकेन्द्र जीसीले श्रीमतीको हत्या आशंकामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताउनुभयो। आइतवार गाउँमा बसेको गरिवि निवारण कोष समूहको मासिक वैठकमा मृतक महिला उपस्थित नभएपछी स्थानियले महिलाको सोधिखोजी गर्न थालेका थिए। १२ दिन अघिदेखि सम्पर्कविहिन गिरीको शवलाई आफन्त र स्थानीयले आफ्नो घरदेखि अन्दाजी १५० मिटरको दूरीमा रहेको डट्टाकुरा खरबारीमा गाडेर दुईवटा खरको मुठाले ढाकेको अवस्थामा फेला पारेका थिए।‘खरबारीमा शब गाडेको जस्तो देखिएपछि प्रहरीलाई खवर गरेका हौं,स्थानीय माधव पौडेलले भन्नुभयो,‘प्रहरी आएपछि गाडेको शव निकालिएको हो ।’ गिरीलाई हत्यागरी अनुहारै नदेखिने गरी गाडेको अवस्थामा शव फेला परेको प्रहरी निरिक्षक जिसीले सुनाउनुभयो। मृतकका तीन छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्