प्रमोद खरेलले मच्चाए आसाममा साङ्गितिक तहल्का



काठमाडौ।चर्चित गायक प्रमोद खरेलले भारतको आसममा साङ्गितिक तहल्का मच्चाएका छन।बाह्र दिने डाइजिंग फ़ेस्टिवलको अवसरमा बगाईगाव चिरागमा आयोजित बिशेष कार्यक्रममा प्रमोद खरेल को विशेष प्रस्तुति रहेको थियो। कार्यक्रममा एसिया का विभिन्न कलाकारका साथमा वलिउड का मिका सिंह, विशाल शेखर, निति मोहन ले प्रस्तुति दिएका थिए। उक्त कन्सर्ट कार्यक्रममा सहभागिताको लागि नेपालका गायक प्रमोद खरेल लाइ निम्तो आएको थियो । आफ्नो निजि बैन्ड सहित गायिका मिना निरौला लाइ लिएर स्टेज उत्रिएका प्रमोद ले करिब २ घण्टा आफ्नो प्रस्तुति दिइरहदा दर्शक को ननस्टप हुटिंग र वान्समोर आइरह्यो।बेला बेला आसामी भाषामै सम्वोधन गर्दै २ वटा आसामीज गीत समेत गॉउदा माहौल झन रोमान्चक बन्दै गएको थियो। पुराना नेपाली हिट गीत हरु सँग बोडो गीत बागुरुम्बा फ्युजन गरेर गॉउदा दर्शक रोमांचित बनेका थिए। आसामीज मैं मेरो मामा घर आसाम भनेर सुनाउदा दर्शक ले भान्जा भान्जा भन्दै हुटिंग गरे। दर्शक लाइ भ्रमण बर्ष २०२० मा नेपाल आउन अनुरोध गर्दै आयोजक लाइ स्टेज मैं नेपाली ढाका टोपी लगाइदिए पछि आयोजक ले नेपाल आउने बाचा गरे । म बिना, झुम्कावाली, हंगामा भो लगायत का हिट नम्बर सुनाउदै गर्दा बहुचर्चित गीत यो कुरा गोप्य.. दोहोर्याएर सुनाए। कार्यक्रम मा मिना ले प्रमोद सँग पुराना युगल गीतमा साथ दिदै काले दाइ सुनाइन । स्टेज बाट झर्दै गर्दा भारतीय सुरक्षा फौज को घेरा सगै बाहिरएका प्रमोदलाइ दर्शकले घेर्न छोडेनन। दर्शक को क्रेज़ लाइ थाम्न एस एस बि को सहयोगमा आयोजकले गाडी मा हाल्नु परेको थियो।हेर्नुस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्