कलाकारद्वय रितु र दिपा सम्मानित



काठमाडौ।कलाकार द्वय रितु र दिपा सम्मानित भएका छन।मोडर्न कन्या मल्टिपल कलेज द्वारा शनिबार आयोजित कार्यक्रममा गायिका रितु कंडेल र नायिका दिपाश्री निरौला सम्मानित भएका हुन् ।

कार्यक्रममा मोर्डन कन्या कलेजका अध्यक्ष रामप्रसाद दाहालले कलाकार भनेका देशका गहना भएको बताउनुभयो।यहि कुरालाई आत्मसात गर्दै देशमा चर्चित दुई गहना कलाकार द्वय रितु र दिपालाई मोर्डन कन्या कलेजले सम्मान गर्न पाउँदा आफू लगायत कलेज परिवारलाई हर्ष लागेको अध्यक्ष दाहालले बताउनुभयो।

कार्यक्रममा सम्मानित हुन्न पाउदा निकै खुशि महसुस भएको बताउदै चर्चित गायिका रितु कडेलले आगामी दिनहरुमा पनि गीत सङ्गीत् काे क्षेत्रमा अझै राम्रा कामहरु गर्दै जाने प्रतिबद्धताका साथ आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रा.डा .गणेशमान गुरुङ ,नेपाल बैंकर संघका अध्यक्ष तथा सानीमा बैंक को सिइयो भुबन दाहाल लगायत को उपस्थिति रहेको थियो।

कार्यक्रम आनन्द इभेन्टपार्टी भेनु बानेश्वरमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्