दुर्घटनामा गायक भट्टराईको निधन



काठमाडौं । चर्चित गायक निशान भट्टराईको निधन भएको छ।
सोमबार राति सवारी दुर्घटनामा परी गायक भट्टराईको मृत्यु भएको हो ।

भट्टराई आफ्नो नियमित कार्यक्रम सकेर दरबार मार्गको एक रेस्टुरेन्टबाट घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।

उपचारको क्रममा अस्पतालमा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्