अन्ततः गायिका आस्था राउत माथि कार्वाहीको यस्तो तयारी



काठमाडौ।प्रहरी र गायिका राउतको दुई पक्षीय वादविवाद लगत्तै अन्ततः गायिका आस्था राउतमाथि प्रहरीले कारबाही प्रक्रियाअघि बढाएको छ।

प्रहरीले सुरक्षा जाचको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गायिका राउतले गरेको दुव्र्यवहार को मुद्दामा प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको हो। सुरक्षा जाँचका क्रममा गायिका राउतकाे महिला प्रहरी रमिता श्रेष्ठसँग भनाभन भएको थियो।

भनाभन पछि महिला प्रहरी श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन ।

गायिका आस्था राउतको दोष प्रमाणित भएमा पाँच महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ।

प्रतिक्रिया दिनुहोस्