राष्ट्रिय काठे लोक दोहोरी महोत्सव फाल्गुनमा हुने



काठमाडौ।राष्ट्रिय काठे लोक दोहोरी महोत्सव फाल्गुनमा हुने भएको छ।आज काठमाडौमा सप्पन्न लोक दोहोरी महोत्सव तयारी बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै लोक श्रष्ठाहरुले काठमाडौ तथा यस जिल्ला आसपास क्षेत्रमा ज्यादा रुचाईएको काठे लोक गीतलाई संरक्षणको निम्ति यस्ता महोत्सव फलदायी हुने बताएका छन।

काठमाडौको टुडिखेलमा फाल्गुन १६ गतेदेखि संचालन हुने काठे लोक दोहोरी महोत्सवका सल्लाहकार गायिका गीतादेवीका अनुसार महोत्सव मा विविध काठे दोहोरी गायन तथा प्रदर्सन,लोकदोहोरी प्रतियोगिता,काठे गीत तथा संस्कृती प्रदर्शनी,नयाँ तथा पुराना काठे लोक श्रष्ठा संमान,दिवङगत श्रष्ठा संमान जस्ता कार्यक्रम तय गरिएको छ।

आज काठमाडौको भाइब लन्च एन्ड बार लाजिम्पाट मा भएको महोत्सव तथा संमान कार्यक्रम बिषयक अन्तरक्रियामा महोत्सव र काठे लोकगीत तथा सस्कृती संरक्षणमा श्रष्ठाहरुले चासो देखाएका थिए।

प्रतिक्रिया दिनुहोस्