उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामा



काठमाडौं ।प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेद्वारा राजिनामा दिनुभएको छ।आज अर्थात सोमबार दिउँसो उहाले संसद् सचिवालयमा राजीनामा बुझाउनु भएको हो।

आज(सोमबार)को प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाले नयाँ सभामुख छनौटका लागि बाटो खुल्ला गर्ने उहाँले बताउनुभएको थियो। बैठकमा बाेल्दै तुम्बाहाङ्फेले सभामुख चयनको ठोस आधार सिर्जना भएकाले मार्ग प्रशस्त गर्न लागेकाे बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो ४ बजे बस्‍ने कार्यक्रम छ । बैठकले नयाँ सभामुख चयनकाे प्रक्रिया अघि बढाउने श्रोतको दावी छ।

प्रतिक्रिया दिनुहोस्