सांसद मनाङ्गे पोखराबाट  पक्राउ



काठमाडौ।सांसद दिपक मनाङ्गे उर्फ राजीव गुरुङ पोखराबाट पक्राउ परेका छन्।
फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपीट गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।अनुसन्धानको लागि प्रहरीले सांसद गुरुङलाई पोखराको लेकसाईड बाट पक्राउ गरेको बताइएको छ।

एन्फा कास्कीका अध्यक्षले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद मनाङ्गेविरुद्ध जाहेरी दिएका थिए । खेल मैदानमा आफुलाई कुटपिट गरेर अभद्र व्यवहार गरेको भन्दै फौजदारी संहिताअनुसार कारबाहीको माग गर्दै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएका थिए ।

मुख्यमन्त्री कप फुलबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाएर मंगलबार सांसद मनाङ्गेले गुरुङलाई कुटपिट गरेका थिए

प्रतिक्रिया दिनुहोस्