काङ्ग्रेस विवाद: पौडेल-देउवा बीच  सहमति



काठमाण्डौ । नेपाली काङ्ग्रेसको आन्तरिक विवादमा सहमतिको टुङ्गो लागेको छ।सहमतिका लागी आज अर्थात शुक्रबार बिहानैदेखि काङ्ग्रेसका सभापति शेरबहादुर देउवा निवासमा छलफलका लागि शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।आन्तरिक विवाद कसरी समाधान गर्ने विषयमा शीर्ष नेताहरू बीच छलफल भएको थियो।छलफल पश्चात् पार्टी भित्र लामो समयदेखि देखिएको किचलो समाधानको अपेक्षा गर्न सकिने आधार खडा भएको छ।


   श्रोतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टीका सभापति शेरबहादुर देउवा बीच लामो समयदेखि विवादमा रहेको धेरैजसो विषयमा सहमति जुटेको छ।नेता रमेश लेखकका अनुसार महाधिवेशनको कार्यतालिका र अन्य विषयलाई केन्द्रिय बैठकमा लैजाने सहमति समेत भएको छ।


गत पुषमा बसेको केन्द्रिय समितिको बैठकमा बहु सङ्ख्यक पार्टी कार्यकर्ता ले १४ औ महाधिवेशन आगामी वर्ष फाल्गुनमा गर्ने,तरुणको म्याद ६ महिना थप्ने जस्ता निर्णय गरेको थियो त्यस्तै पार्टीको केन्द्रिय विभागलाई बढाएर ४१ विभाग बनाउने जस्ता निर्णय समेत गरेको थियो।त्यसपछि पौडेल पक्षका पार्टी कार्यकर्ताले निरन्तर असहमति जनाउँदै कतिपय सहमति हुने बुदामा समेत सहमति हुन सकेको थिएन।


   काङ्ग्रेसले पुनः माघ १३ गते केन्द्रिय समितिको बैठक बोलाएको छ।सो बैठकमा केन्द्रिय पदाधिकारी तथा आमन्त्रित सम्पुर्ण सदस्यहरुलाई पनि उपस्थितिका लागि बोलाइएको छ।


आज सम्पन्न बैठकमा सभापति देउवा,अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल ,महामन्त्री शशांक कोइराला,उपसभापति बिमलेन्द्र निधि लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्