गायिका आस्था राउत प्रहरी कार्यलयमा उपस्थित



काठमाडौं ।आफन्तको सहयोगमा गायिका आस्था राउतलाई प्रहरी कार्यलयमा  उपस्थित गराइएको छ।उनलाई आफन्तले महानगरीय प्रहरीमा उपस्थित गराएका हुन्।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी रमिशा श्रेष्ठले  आफुलाई अभद्र व्यवहार तथा गालीगलौज गरेको भन्दै गायिका राउत विरुद्ध  प्रहरीमा उजुरी दिएकी थिइन् । उक्त उजुरीका कारण  गायिका राउतलाई प्रहरीले खोजीको सूचीमा राखेको थियो ।

आफन्तको सहयोगमा गायिका राउतलाई प्रहरीमा उपस्थित गराएपछि प्रहरीले अहिले राउतको स्वास्थ्यजाँच गरिसकेको छ ।

यता सुरक्षा जाचको क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक संजालमा आक्रोशपुर्ण अभिव्यक्ति सगै राउत विवादमा तानिएकी थिइन।

सोही कारण  जिल्ला प्रशासन कार्यालय काठमाडौले माघ १३ गते गायिका राउतलाई पक्राउ गर्न अनुमती दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्