प्रहरी जनताको असल साथी:आस्था राउत



काठमाडौ।गायिका आस्था राउत आज प्रहरी हिरासतबाट छुटेकी छिन।जिल्ला प्रशासन कार्यलय काठमाडौबाट बाहिरिने क्रममा गायिका राउतले प्रहरी जनताको असल साथी भएको गुणगान गरिन।

उनले आफू प्रहरी हिरासतमा रहदा समेत प्रहरीले अनुकुल र सहज व्यवहार गरेको भन्दै प्रसंशा गरिन।सुरक्षाकर्मीलाई दुव्र्यवहार गरेको आरोप लागेकी गायिका राउतले आफुबाट ठुलो गल्ती  भएको समेत स्वीकार गरेकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवानमाथि दुव्र्यवहार गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो।उनी आज ४ हजार धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेकी छन्।


प्रहरीले पक्राउपुर्जी जारी गरेपछि गायिका आस्था सोमबार बिहान प्रहरीमा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्