नेकपाको महाधिवेशन ७७ सालको चैतमा



काठमाडौं, नेकपाको महाधिवेशन २०७७ सालको चैत महिनामा हुने भएको छ।आज बसेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बैठकले उक्त निर्णय गरेको हो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशन अर्को वर्षको अन्तिम महिनामा गर्ने गरि प्रस्ताव गरिएको थियो ।

प्रतिवेदनमा २०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय तह, जिल्ला तह  र प्रदेश तहको अधिवेशन गर्ने तथा चैतको २५ देखि ३० गतेसम्ममा राष्ट्रिय महाधिवेशन गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्