बालकलाकार जोनिशले मच्चाए नुवाकोटमा साङ्गितिक तहल्का(भिडियो)



नुवाकोट।बाल कलाकार जोनिश अधिकारीले नुवाकोटमा साङ्गितिक तहल्का मच्चाएका छन्।नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर-६ मा रहेको सिद्दी गणेश विद्यालयमा आयोजित सरस्वती पूजा तथा आराधना बिशेष कार्यक्रममा उनले आफ्नो जोसिलो नृत्यका साथ तहल्का मच्चाएका हुन्।

     सानै उमेरदेखि अभिनय तथा नृत्यमा चर्चा बटुलेका दस वर्षीय जोनिशले आफ्नै उमेर समुहका बालबालिका सामु प्रस्तुति दिन पाउँदा खुशी व्यक्त गरे।

  लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले सामुदायिक विद्यालयमा गीत तथा गायन/वादकलाई महत्त्व दिदै गाउँपालिका क्षेत्रका विद्यालय हेर्ने एकजना संगीत शिक्षक नियुक्ति तत्काल गर्न लागेको बताउनुभयो।

    त्यस्तै लिखु गाउँपालिकाका प्रमुख  प्रशासकिय अधिकृत सुरज आर्यालले पछिल्लो समयमा सामुदायिक विद्यालयका शिक्षकको मिहेनत समेत स्थानीय सरकारले कदर गर्नुपर्ने औल्याउँदै आफू सरकारी विद्यालयप्रती आशावादी रहेको बताउनुभयो।

कार्यक्रममा लिखु गाउँपालिका वडा नम्बर-६ का वडाध्यक्ष्य हरिशरण लामिछाने,नेपाली काङ्ग्रेसका स्थानीय  नेता बिनोद पाठक,लिखु गाउँपालिकाका शिक्षा प्रमुख साधुराम फुयाल,गाउँपालिकाका आन्तरिक लेखा सहायक सुमन आर्याल,स्थानीय अभिभावक,विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे।

   कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक कमला प्याकुरेलले गर्नुभएको थियो भने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम डङोलको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्