प्रियंका र आयुष्मानको लगनगाठो यहि फाल्गुनमा



काठमाडौ।निरन्तर तीन बर्षदेखी प्रेम सम्बन्धमा रहेका जोडीद्वय  नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले अन्तत लगनगाँठो कस्ने भएका छन् ।
  उनीहरुले हालै थाईल्याण्डमा ब्याचलर पार्टी दिएका थिए। यी जोडीले आगामी फाल्गुनको १७ गते अर्थात फेब्रुअरी २९ मा लगनगाँठो कस्न लागेका हुन् ।

यी दुई कलाकारले दुई पटक नै  ईन्गेजमेन्ट गरिसकेका छन्। यी जोडी प्रेम सम्बन्धका कारण र ईन्गेजमेन्ट पछि पनि प्रियंकाका फोटोशुटलाई लिएर पछिल्लो समय चर्चामा आएका जोडी हुन् । प्रेम सम्बन्धपछि सार्वजनिक कार्यक्रमहरुमै अंकमालदेखि चुम्बनसम्म गर्न पछि नपर्ने यी जोडी पछिल्लो समय फिल्मी पर्दामा कम देखिएका छन् ।

केही समय यता विवाह हुने भन्दै मिति सार्दै आएका जोडीले यो पटक चाहीँ मिति नसार्ने गरि लगनगाँठो कस्न लागेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्