कोरोनाद्वारा मर्नेको संख्या १८ सय नाघ्यो,७० हजार संक्रमित



काठमाडौ,फागुन-६।चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोविड–१९)का कारण मृत्यु हुनेको संख्या १८ सयभन्दा बढी नाघेको  छ ।त्यस्तै चिनियाँ स्वास्थ्य आयोगका अनुसार  चीनमा हालसम्म संक्रमितहरुको संख्या ७० हजार ५ सय ४८ पुगेको छ।

आयोगले गएरातिसम्म कोरोना भाइरस (कोविड–१९)का कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ६८ पुगेको बताएको छ । सोमबार मात्र यो भाइरसका कारण ९८ जनाले ज्यान गुमाएका छन् भने कोरोना भाइरसबाट संक्रमितहरुको सफल उपचार हुने क्रम पनि बढेको छ । सोमबार सम्म उपचार सफल भइ घर फर्कनेको संख्या १२ हजार ५ सय ५२ पुगेको छ । त्यस्तै १ लाख ४१ हजार ५ सय ५२ जना चिकित्सकको निगरानीमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्