एमसीसी कार्यदलले प्रतिवेदन बुझायो



काठमाण्डौ,फागुन-९। मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)का कार्यदलले अध्ययन तथा सुझाव प्रतिवेदन नेकपा नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल(प्रचण्ड) र केपी शर्मा ओलीलाई बुझाएको छ ।

१९ दिन लगाएर तयार पारिएको उक्त  प्रतिवेदन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा कार्यदलका भिम रावलसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पुर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनालले संयुक्त रुपमा अध्यक्षद्वयलाई बुझाइएका हुन्।

नेकपा पार्टी भित्र एमसीसी बारे विवाद भएपछि अध्ययन प्रतिवेदनका लागि समिति गठन भएको थियो।यस प्रतिवेदनलाई अध्ययन पश्चात् पार्टीले निर्णय लिनेछ।सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले अनुदान सहायताका बारेमा सरकार र एमसिसीबीच भएको सम्झौता र हिन्दप्रशान्त रणनीति सम्बन्धमा गहन अध्ययन गरेर प्रतिवेदन तयार गरेको समितिले जानकारी दिएको थियो ।

कार्यदलले संशोधनको सुझाबसहितको प्रतिवेदन बुझाए पनि प्रधानमन्त्री ओली यथास्थितीमै संसदबाट अनुमोदन गराउने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्