आज वर्षाको सम्भावना



काठमाडौं, फागुन-१२ । आज पनि वर्षाको सम्भावना रहेको छ।मौसमी प्रतिकुलता केही दिनसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 
महाशाखाका  अनुसार सोमबार पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेकाले सोमबार देशका केहि भागमा बर्षाको सम्भावना रहेको छ । त्यस्तै  देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको बताइएको छ।जसको कारण देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाउदै महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्