टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६ को तयारी पुरा



काठमाडौं, फागुन-१४। काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ हुने भएको छ ।महोत्सव डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लि.को आयोजनामा यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म हुनेछ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको हो ।´काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित उक्त महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक नवराज ढुंगानाले जानकारी दिनुभयो। 

पत्रकार सम्मेलनमा महोत्सवका परिकल्पनाकार माधव थापा, संचार संयोजक चन्द्रमणि गौतम, निर्णायक संयोजक नवराज घोरासैनी, निर्णायक मण्डलकी अध्यक्ष सीता थापा, सांस्कृतिक संयोजक अमृत खाती र अतिथि संयोजक भीमसेन खतिवडाको उपस्थिति रहेको थियो । उनीहरुले उक्त महोत्सव भव्य र सभ्य रुपमा सफलताका साथ सम्पन्न गरिने विश्वास दिलाए । आयोजकका तर्फबाट उक्त महोत्सवको लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराईएको छ । पत्रकार सम्मेलनको संयोजन तथा सञ्चालन भने डिजिटल मिडिया संयोजक राजु बोहराले गरेका थिए ।

उक्त महोत्सवको उद्घाटन समारोहमा नेपाल सरकारका उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र समापन समारोहमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्