अमेरिकाको एक कम्पनीमा गोली चल्दा ७ जनाको मृत्यु



काठमाडौं,फागुन-१५।अमेरिकाको एक कम्पनीमा गोली चलेको छ। विस्कान्सिन प्रान्तमा रहेको बियर बनाउने कम्पनीमा गोली चल्दा ७ जनाको मृत्यु  भएको त्यहाँका अधिकारीहरुले जनाएका छ्न ।

उनीहरुका अनुसार बुधबार मोलसन कुर्स कम्प्लेक्समा हतियारधारी एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका बताइएको छ।हमला गर्ने ब्यक्ति सोही कम्प्लेक्समा काम गर्ने भएको समाचारमा जनाइएको छ ।

सो कम्पनीमा करिब ६ सयजना काम गर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्