प्रियंका र आयुष्मानले गरे विवाह



काठमाडौ,फागुन-१५।नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह गरेका छन्।
आज अर्थात बिहीबार उनीहरुले जिल्ला अदालत काठमाडौं पुगेर अदालती विवाह गरेका हुन्।लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडी अन्ततः विवाहबन्धनमा गासिएका छन। नायिका प्रियंकाको जन्मदिन पनि रहेको बताइएको छ।जन्मदिनको शुभ अवसर पारेर उनीहरुले  विवाह गरेको बताएका छन।

कागजी विवाहका लागि जिल्ला अदालत काठमाडौमा पारिवारिक सदस्यको समेत उपस्थिति थियो।नायक नायिकाद्वयले  अर्कालाई माला लगाइदिएर उनीहरूले आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका छ्न। ।

प्रियंकाले इन्स्टाग्राममा  आफुहरुले कानुनगत विवाह गरेको भन्दै बिहेको फोटो सेयर गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्