नायक अनमोल केसीविरुद्ध ठगीको उजुरी



काठमाण्डौ,फागुन-१६।चर्चित नायक अनमोल केसीविरुद्ध ठगीको उजुरी परेको छ।चलचित्रमा अभिनय गर्ने भनी पहिल्यै पेश्की रकम लिएर पछि हटेपछि उनिविरुद्ध ठगी अभियोगमा उजुरी परेको हो।

फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

धुपौरेमा केसी खेल्ने चर्चा धेरै अघि भइसकेको थियो । फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्