नेपाल कोरोना भाइरसको अति उच्च जोखिममा-विश्व स्वास्थ्य संगठन



काठमाडौं, फागुन-१७ । नेपाल कोरोना भाइरसबाट अति उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । बिहीबार साँझ बसेको डब्लूएचओको साप्ताहिक छलफल पछी संगठनले नेपाल कोरोना भाइरसको अति उच्च जोखिममा रहेकोे बताएको हो ।

डब्लूएचओका अनुसार दक्षिण एसियाको भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा रहेको उल्लेख गरिएको छ ।

यो भन्दा अघि डब्लूएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । हालसम्म नेपालमा एक जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमणको दृष्टिले उचच जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सूचीकृत गरेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्