नुवाकोट जिल्ला उद्योगको हव बन्नसक्छ:युवा नेता रमेशकुमार  महत(भिडियो )



नुवाकोट।नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार महतले नुवाकोट जिल्ला उद्यमीहरुको छनौटको रुपमा पर्ने जिल्ला रहेको बताएका छन।हिजो अर्थात बिहिवारदेखि सुरु भएको छैटौं नुवाकोट महोत्सवमा आफ्नो मन्तव्य राख्दै नेपाली काङ्ग्रेस  का युवा नेता महतले अन्तर्राष्ट्रिय सडक संजालले छोइसकेको नुवाकोट भावी दिनमा उद्योगले भरिएको जिल्ला हुनेमा निर्धक्क रहेको बताउनुभयो।

अबको सडक संजालले नुवाकोटमा उत्पादित अन्न तथा वस्तु  पुर्व पश्चिम मार्ग हुँदै निर्यात तथा आवश्यक सामग्री आयात गर्न समेत सहज भएकाले नुवाकोटका उर्वर भूमि थप उर्वर हुने बताउदै नेता महतले निर्वाचित जनप्रतिनिधिहरुले जनताको यसप्रकारको अग्रगामी आशालाई कुण्ठित हुन नदिन समेत सुझाए।

काठमाडौ-नुवाकोट जोड्ने सडकखण्डको जिर्ण अवस्था रहेको साथै केन्द्रिय स्तरबाट योजना बनाइएको झण्डै १ सय ३७ वटा योजनाहरु नुवाकोटमा बजेट विहिन हुनु दु:खद पक्ष भएको बताउदै तत्काल जनप्रतिनिधिहरुले ध्यान केन्द्रीत गर्न अनुरोध गरेका छ्न।
 
नुवाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित छैटौं नुवाकोट महोत्सव  कार्यक्रमको उद्घाटन तथा  सम्बोधन गर्दै पुर्व राष्ट्रपति डा. रामवरण यादवले देशको भौगोलिक बनावट संरक्षणको खाचो रहेको बताउनुभयो।बिशेषत:तराई क्षेत्रमा  जल, जमिन , जंगलको विनास भएको भन्दै त्यसलाई नरोके देशले ठुलै क्षति भोग्नुपर्ने बताउनुभयो ।

१० दिनसम्म संचालन हुने महोत्सवमा करिव ३ करोड रुपैयाँको कारोवार गर्ने लक्ष्य राखेको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो।

नेता महतले दिनुभएको मन्तव्य तलको लिन्कमा प्रस्तुत छ:-

प्रतिक्रिया दिनुहोस्