एमसीसी सुझाव समितिले थाल्यो काम



काठमाडौं।एमसीसी सुझाव समितिले काम थालेको छ।समितिले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सुझाव दिन आफ्नो काम थालेको हो। नेकपाद्वारा आइतबार वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

आज बसेको समितिको बैठकमा एमसिसी सम्झौतासम्बन्धी के कस्ता विषय अध्ययन गर्ने भन्नेबारे छलफल भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ ।

एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडक तथा पुर्वाधार खर्च गर्न रु ५१ अर्ब दिने सम्झौतामा उल्लेख छ । सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ । समितिले १० दिनभित्रमा पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने छ ।

सुझाव समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छन् ।

प्रतिक्रिया दिनुहोस्