प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले गरे अनौठो तस्वीर सार्वजनिक



काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एक अनौठो तर रमाइलो तस्वीर सार्वजनिक गरेका छन्। तस्बिरमा सत्तारुढ दल का शीर्ष नेताहरु सांगितिक रमझममा खुबै रमाएको देखिन्छ।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सार्वजनिक गरेको अनौठो तर रमाइलो यश तस्विरमा प्रधानमन्त्री ओलीले बाँसुरी बजाएका छन् भने नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले भने सारङ्गी रेटेका देखिन्छ । यो तस्विर प्रधानमन्त्री ओलीको सचिवालयले किन सार्वजनिक गरेको हो ? यो अहिलेपनि यकिनका साथ भन्न सकिने अवस्था छैन्।

तस्बिरमा देखिएको रमाइलो दृश्य कहिले र कुन ठाउँमा आयोजित कार्यक्रमको फोटो हो ? त्यो पनि स्पष्ट भन्न सकिने अवस्था छैन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुभन्दा अघिकै तस्विर हो कि एकतापछिको हो ? त्यो पनि स्पष्ट भनिएको छैन् । तर, कार्यक्रमको आयोजक भने मदन भण्डारी कला साहित्य प्रतिष्ठान रहेको ब्यानरले बताउँछ ।प्रेस सल्लाहकार थापाले आफ्नो ब्यक्तिगत फेसबुक एकाउन्टमा प्रेस सल्लाहकार पेजबाट सेयर गरेका छन।उक्त पोस्टमा राम्रा नराम्रा मिश्रित प्रतिक्रिया आईरहेका छन्।थापाले आफ्नो फेशबुक पेजमा यतिमात्र लेखेका छन्,”बालुवाटारमा सारङ्गी र बाँसुरीको सुमधुर धून!”

प्रतिक्रिया दिनुहोस्