रहेनन् पत्रकार दुर्गानाथ शर्मा



काठमाडौं।वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । उनको ७२ वर्षको उमेरमा हृदयघातबाट निधन भएको बताइएको छ ।

शर्माको काठमाडौ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । शर्मा केही दिनअघि मुटुमा समस्या भई अस्पताल भर्ना भएका थिए।

शर्माका पत्नी र दुई छोरा छन् । उनी लामो समय नेपाल टेलिभिजनमा कार्यरत थिए। नेपालको टेलिभिजन इतिहासमा शर्माको महत्वपूर्ण भूमिका छ ।लेखनमा समेत अभिरुचि राख्ने शर्माद्वारा लिखित ब्रदर्श बुक्स चर्चित छ।

प्रतिक्रिया दिनुहोस्