ललिता जग्गा प्रकरण:को को जालान जेल?



काठमाडौ।ललिता निवास जग्गा प्रकरण अहिले चर्चामा छ।जग्गा अनियमिततामा तत्कालिन उपप्रधानमन्त्री विजय गच्छदारसहित चार जना मन्त्रीहरुको नाम अग्रपंक्तिमा आएको छ।उनीहरु जेल जाने तयारीमा छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो (बुधबार) विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।यससगै उनीहरु जेल जाने भएका हुन ।

यसरी जेल जाने मन्त्रीहरुमा तत्कालिन उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री रहेका छन। तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र उनी पछिका चन्द्रदेव जोशीविरुद्ध अख्तियारले मुद्दा दायर गर्ने निर्णय गरेको हो । त्यसैगरी पूर्व सचिवहरु दीप बस्न्यात, छवीराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर गर्ने निर्णय भएको छ । बस्न्यात अख्तियारको आयुक्त हुँदै प्रमुख आयुक्त भइसकेका व्यक्ति हुन् ।

उनीहरुले ललिता जग्गा व्यक्तिको नाममा ल्याउनको लागि विभिन्न बैठकमा महत्वपूर्ण भूमिका खेलेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्