सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि आवश्यक – नेता महत



नुवाकोट, सरकारले शिक्षा क्षेत्रमा गरेको ठुलो लगानीले गुणस्तरीय शिक्षा विकास हुन नसकेको काग्रेसका युवा नेता रमेश कुमार महतले वताएका छन।हिजो अर्थात बुधबार पचकन्या गाउँपालिका वडा नम्बर-५ मा रहेको कुण्डला उच्च माध्यमिक विद्यालय भद्रुटारको विभिन्न अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट विद्यार्थी सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै नेता महतले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावकको निजि विद्यालयप्रतिको मोह हटाउन सक्नुपर्ने बताउनुभयो।

नेता महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस नुवाकोटका उपसभापति लक्ष्मणराज थापा ,विशेष अतिथि जीपी फाउन्डेसन नुवाकोटका अध्यक्ष रमेशकुमार पाठक, जिसस सदस्य जगदिश फुयाल , नेपाली कांग्रेस दुप्चेश्वर काठमाडौ सम्पर्क समितिकाे अध्यक्ष सुशील खड्का , शिवपुरी गाउँपालिका शिक्षक अविभावक संघका अध्यक्ष हरि दुलाल लगायतले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि को शुभकामना व्यक्त गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापाले अध्यक्षता गरेका उक्त कार्यक्रममा पुर्व विद्यार्थी तथा पत्रकार हरि लामिछाने लगायतले पुरस्कार व्यवस्थापनमा सहयोग पुराएका थिए।

प्रतिक्रिया दिनुहोस्