कोरोना भाइरस:उपचार पछि १५ सय सकुशल फर्के



साझापथ, माघ-२६ ।कोरोना भाइरसको महामारीसगै संसार त्रसित भएको छ।चीनमा यस भाइरसको आक्रमणबाट आठ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन।भने ३८ हजार भन्दा बढी संक्रमणमा भएको तथ्यांकले जनाएको छ। भाइरस हुने बितिकै मानिसको ज्यान गइहाल्दैन् उपचारपछि सैयौं मानिस स्वस्थ भई घर फर्केको तथ्यांक पनि छ ।

   तर भाइरस बारे जति मानिस त्रसित भएपनि गत हप्ता कोरोना संक्रमीत १५ सय भन्दा बढी अस्पतालबाट सकुशल घर फर्केको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बताएका छन।दैनिक जसो पाच सय भन्दा बढी संक्रमीत मानिस उपचारपछि घर फर्किरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्