कोरोना भाइरसद्वारा ज्यान जानेको संख्या ९ सय नाघ्यो



माघ-२७,काठमाडौ।कोरोना भाइरसद्वारा ज्यान जानेको संख्या ९ सय नाघेको छ।सोमबार अर्थात नयाँ तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ९०९ पुगेको हो।तथ्यांकले सन २००२/०३ मा फैलिएको सार्स बाट मर्ने संख्या भन्दा कोरोनाद्वारा मर्नेको संख्या बढी भएको जनाउछ।अहिले यस भाइरसले चीन लगायत विश्व नै त्रसित भएको छ।

यस भयावह कोरोना भाइरसबाट चीनमा मात्र ४० हजार १७१ जना संक्रमित भएका छन भने चीन देश बाहिर तीन सय भन्दा बढी यस भाइरसको संक्रमणमा रहेका छन्।यस भाइरस गत डिसेम्बरमा चीनको वुहान प्रान्तदेखी फैलिए पनि ३ हजार २८१ सन्क्रमित बिरामी निको भएर घर फर्किसकेको  चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार अहिले संक्रमण दर समेत घट्न गएको छ।उनीहरुले छिटोभन्दा छिटो यस रोगबाट उन्मुक्ति समेत पाउने आशा गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्