पुस्कलले गाउँदा दर्शकका आँखा रसाए, राजेन्द्रले नचाए



ओमप्रकाश गुप्ता,लमही माघ-२७। लमही चेम्बर अफ कमर्शले आयोजना गरेको पर्यटन कृषि व्यापारीक महोत्सव २०७६ को आज चाैथो दिन । चर्चीत गायक पुस्कल शर्माको गायन र थारू गायक राजेन्द्र चाैधरीको नृत्यले सोमबार महोत्सवको माहोल गर्मागर्मी भयो । गायक पुस्कलले एकादेशको कथा सुनाउँदैउनले मुटु जलाई जलाई,हो माया अाउछाै अाउदैनाै,झुक्यायो मलाई झुम्के बुलाकीले लगायत अाधा दर्जन गित गाए। उनका गीतमा दर्शक भावुक बने,दर्शकका आँखामा आँसु टिलपिलाए धेरैका अाँखा रसाएका देखिन्थे । अाँखामा अाँसु भरेका दर्शकहरूलाई उत्ति खेरै रोमान्टिक गित गाएर दर्शकहरूलाई नचाउन समेत भ्याए उनले ।

त्यस्तै थारू गायक राजेन्द्र चाैधरीले तोहार मनके फुलरिया,महिन छोरके चल्जैबो,चलि जैवी साली लमही बजार,अरे राजा बाबु,तोहार भरल जवानी,अत्ना सुहाइल साली लगायत थुप्रै गित गाएर दर्शकहरूलाई मनोरञ्जन दिएका थिए । त्यस्तै गायिका रूपा घर्तीले पनि दर्शकहरूलाई विभिन्न गित मार्फत मनोरञ्जन दिएकी थिईन् । साथै महोत्सवमा अार्को रोचक प्रस्तुति कमल नारायणी ग्रुपको नृत्य रहेको थियो । यो जोडी पछिल्लो समय यता देशैभर चर्चामा अाएका छन् । माया प्रेमका गितहरूमा नृत्य देखाएर यो जोडी हिटमा अाएको छ । उनीहरू नृत्यमा दर्शकहरू भरपुर्ण मनोरञ्जन लिएका थिए ।

त्यस्तै गायक तथा मोडेल विजय पुन सँगै स्थानीय कलाकारहरूले पनि मञ्च तताएका थिए । महोत्सवमा सोमबार पनि दर्शकहरूको उल्लेखनीय सहभागीता रहेको लमही चेम्बर अफ कमर्सका प्रेस संयोजक शिवराज खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्