ऋषिपञ्चमी र स्वस्थानी व्रत कथा च्यात्नु पर्ने सांसद गुरुङको माग



काठमाडौ,माग-२८।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की सांसद यशोदा गुरुङ सुवेदीले ऋषिपञ्चमी र स्वस्थानी व्रत कथा च्यात्नु पर्ने माग राख्नुभएको छ।छाउपडी झै अनावश्यक संस्कारलाई बढावा दिने भन्दै  स्वस्थानी  र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्यात्नुपर्ने माग राख्नुभएको हो ।

आज अर्थात मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद गुरुङले वर्षौ पुरानो रुढीग्रस्त परम्पराले नेपाली महिला समाजलाई दुख दिएको भन्दै छाउगोठ भत्काएर मात्रै नहुने तर्क पेश गर्नुभयो।´छाउगोठ भत्काएर मात्रै कुरिती हट्दैन`,सांसद गुरुङले भन्नुभयो-´अब स्वस्थानी कथा र ऋषि पञ्चमी ब्रत कथाका पाना पनि च्यात्नुपर्छ।`

  संसद भवनमा आफ्नो धारणा राख्दै उहाँले छाउगोठ भत्काऊ अभियान स्वागतयोग्य छ अब सदियौदेखिको कुरिती निमिट्यान्न पार्न हाम्रा धर्म संस्कृती समेत परिमार्जन गर्नुपर्ने समय आएको बताउनुभयो।
 
व्रत सकिए लगत्तै सांसद गुरुङले यस्तो अभिव्यक्ति दिएको  भन्दै सामाजिक संजालमा भने आलोचना सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्