आज जनयुद्ध दिवस, के-कसरी,कहाँ मनाइदै?



फागुन -१, काठमाण्डौ ।आज फागुन-१ गते जनयुद्ध दिवस परेको छ।जनयुद्ध दिवस तत्कालिन विद्रोही नेकपा माओवादीले २०५२ फागुन एक गते सशस्त्र विद्रोह थालेको सम्झना स्वरुप मनाईन्छ।तर यस वर्ष भने  जनयुद्ध दिवस विभिन्न पार्टीमा विभाजित दलहरुले अलग अलग रूपमा  मनाउँदैछन् ।त्यस ताका ससस्त्र विद्रोह शुरु भएको दिन तत्कालिन माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर समय एकनास रहेन तत्कालीन माओबादीबाट विभाजित बनेका दलहरुले छुट्टाछुट्टै  मनाउने तयारीमा लागेका छन।तत्कालीन जनयुद्धका सुप्रीम कमान्डर पुष्पकमल दाहाल हुन।उनले माओवादी पार्टीलाई एमालेसग एकीकरण गरिसकेका छन यद्यपि नेकपा बनिसकेको छ।माओवादीबाट अलग्गिएका डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल गठन गरि समाजवादी पार्टीसग समेत एकता गरिसकेका छन्। माओबादी पार्टीबाट अलग भएर मोहन वैद्य किरणले नेकपा (क्रान्तिकारी माओवादी) गठन गरेका छन् भने र नेत्रविक्रम चन्द विप्लवले पनि माओवादीबाट अलग भएर नेकपा (माओवादी) पार्टी गठन गरेका छन् ।

यसबाट के बुझ्न सकिन्छ भने जनयुद्धलाई सुत्रपात गर्नेहरु यत्रतत्र भइसकेका छन।कतिपयले नेतालाई स्वार्थमा लागेको आरोप समेत लगाउछन यद्यपि जनयुद्धको सुरु गर्दा ताकाको लक्ष्य कहि कतै कुनै नेताकार्यकर्तामा पाईदैन। १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए कति घरबारबिहिन भए भने हजारौँ घाइते र बेपत्ता भए त्यसको लेखाजोखा अलिकति पनि राजनीतिक पार्टीमा कहि कतै देखिदैन।जनताको बलिदानीलाई लत्याएको आरोप नेताहरुले एकाअर्कालाई लगाउछ्न।  क्रान्तिकारी अध्यक्ष मोहन वैद्यले १० बर्षे जनयुद्ध सुरु गर्दा नेपालमा पुरानो राज्यसत्ता दलाल, पुजीवादी, सामादवादीको सत्ता बिरोधको विकल्पमा नयाँ वैज्ञानिक बिचार सुरु गर्ने लक्ष्य लिइएको थियो । देशमा गणतन्त्र आउनुबाहेक अरु उपलब्धि नभै पुष्पकमल दाहाल र बाबुराम भट्टराईले बाटो मोडेको वैद्यको आरोप छ ।
अनौठो त के छ भने सत्तारुढ दल नेकपाले जनयुद्ध दिवस मनाउने भएको छ । कुनै बेला जनयुद्ध शब्दसमेत सुन्न नचाहने प्रधानमन्त्री केपी ओली पनि यसपटकको दिवसमा सहभागि हुने भएका छन् । यसले पूर्व माओवादी र पूर्व नेकपा एमालेबीच भावनात्मक रुपमा नै एकता भएको सन्देश दिने विश्वास गरिएको छ । तर जनयुद्धका एक सारथी तथा अहिले नेकपाका नेता देव गुरुङ पनि पार्टीको यस्तो गतिविधिले असन्तुष्ट छन।

विगत र वर्तमान जेजस्तो भएपनि जनयुद्ध दिवस नेकपाको केन्द्रिय कार्यलय धुम्बाराहिमा धुमधामसग मनाउने तयारी गरिएको छ।कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुबैले सम्बोधन गर्ने कार्यक्रम तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्