चीनमा १ हजार ७ सय स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित



काठमाडौ,फागुन-२।चीनमा अहिले कोरोना भाइरसको महामारी विद्यमान छ।कोरोना भाइरसलाई अहिले कोभिड–१९ को नामकरण गरि स्वास्थ्यकर्मी उपचारमा खटिएका छन्।उनीहरु आफ्नो जीवनलाई बाजी मारेर बिरामीको उपचारमा छन्।कोरोना भाइरस अर्थात् कोभिड-१९  बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले जानकारी दिएको छ।

शुक्रवार एक पत्रकार सम्मेलनमा एनएचसीले उक्त  जानकारी गराएको हो।उस्ले भनेको छ यो संख्या कोरोना भाइरस (कोभिड–१९ )को सङ्क्रमण पुष्टि भएका कूल विरामीको ३.८ प्रतिशत हो ।


पत्रकार सम्मेलनमा सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भइसकेको जानकारी समेत गरिएको छ।यो संख्या   कूल मृतक सङ्ख्याको ०.४ प्रतिशत भएको स्पष्ट पारेको छ।

सबैभन्दा बढी भाइरस संक्रमण उद्गगम स्थल हुबेईको प्रान्त वुहानमा भएको अधिकारीहरुले बताएका छन्।उक्त शहरमा सबैभन्दा धेरै एक हजार १०२ अर्थात् ७३.४ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित रहेका उप–निर्देशक चेनले बताए।

कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित स्वास्थ्यकर्मी संख्या एक हजार ५०२ अर्थात् ८७.५ प्रतिशत रहेको छ।तस्वीर:एजेन्सी

प्रतिक्रिया दिनुहोस्