जापानमा नाङ्गो पर्व मनाउनेको भिड लाग्यो



एजेन्सी,फागुन-५ । जापानमा नाङ्गो पर्व मनाउनेको भिड लागेको छ।यसरी नाङ्गै भेला भएर मनाइने पर्वलाई “हडाका माटसुरी”भनेर नामकरण गरिएको छ।उक्त पर्व शनिबार मनाइएको हो ।

श्रोतका अनुसार हरेक वर्षको फेब्रुअरीको तेस्रो शनिबार हजारौं मानिस नाङ्गो भेला हुन्छन्।भेला हुन उपयुक्त ठाउँ ओकाया शहर नजिकै सैडाइजी कानोनी भन्ने ठाउँ छनौट गरिएको छ।जहाँ दस हजार पुरुषहरु फुडोसी नामको सानो कपडा र तावी नामको सेतो मोजा लगाएर भेला हुन्छन।

समृद्धि, प्रजनन र कृषि उत्पादनको कामना गर्दै यस पर्व मनाइन्छ । पर्वमा पुरुषहरुले गुप्तांग छोप्छन् । शरीरको बाँकी भाग नाङ्गो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्