कोरोनाबाट मर्नेको संख्या तीन हजार नाघ्यो



एजेन्सी,फागुन-१९। कोरोनाबाट मर्नेको संख्या तीन हजार नाघेको छ।सोमबारको तथ्यांक अनुसार संसारका  ७० भन्दा बढी देशमा फैलिएको यस भाइरसको संक्रमणबाट  मर्नेको संख्या तीन हजार नाघेको छ ।

सबैभन्दा बढी चिनियाँ  नागरिकको कोरोना भाइरस बाट मृत्यु भएको छ।चीनसगै  इरान, इटाली र दक्षिण कोरियामा २० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

अमेरिका, फ्रान्स, फिलिपिन्स, जापानलगायतका देशमा पनि कोरोना भाइरसको संक्रमणबाट मानिसको मृत्यु भएको तथ्यांक छ । विश्वभर संक्रमितको संख्या ८८ हजार पुगेको छ ।

दुई महिनाअघि चीनको वुआन क्षेत्रबाट भाइरस देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्