फिकुरीको हिउँमा  ‘श्रीलंका स्मृति’ पुस्तक विमोचन



काठमाडौ,फागुन-१९।नुवाकोटको फिकुरीमा  ‘श्रीलंका स्मृति’ पुस्तक विमोचन भएको छ। लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको हो । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन् । ३८०० मिटरको उचाईंमा रहेको फिकुरी डाँडाबाट लाङटाङ लिरुङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । 

नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले पुस्तकका लेखक सिलवाल महासागरले घेरिएको  एउटा टापु देशमा यात्राका क्रममा आफ्नो अनुभुति समेटेर  पुस्तक तयार गरेका थिए।यस्तो पुस्तक पुन: भारी हिमपातबीच हिमाली एड्भेन्चरका प्रोफेसनलहरुबाट सामुहिक रुपमा विमोचित हुन पाउनु पुस्तक विमोचनकै इतिहासमा एउटा विशेष घटना भएको बताए । 

कार्यक्रममा फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा एनटीवी सदस्य महत, आरएनपीएसका कार्यवाहक अध्यक्ष शिव लामिछाने, लेखक सिलवाल, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका द्धितिय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज् एशोसिएसन (टान)का कोषाध्यक्ष ऋतु ग्यामदान, चराविज्ञ जयनाथ भण्डारी, टिम लिडर उर्जा तामाङ, दिनेश तामाङ, गगन न्यौपाने लगायत ३० पदयात्री सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्