कोरोनाको त्रास बढ्दै,ट्विटरका कर्मचारीले घरमै बसेर काम गर्ने



बिबिसी,फागुन-२०। सामाजिक सञ्जाल ट्विटरका कर्मचारीले अब घरमै बसेर काम गर्ने भएका छन् ।कोरोनाको त्रास बढेसगै ट्विटरले आफ्ना कर्मचारीलाई यस्तो  निर्देशन दिएकाले उनीहरुले घरमै बसेर काम गर्न लागेका हुन।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले संसारभर  त्रास फैलाइरहेको बेला त्यसबाट जोगिन ट्विटरले आफ्ना कर्मचारीलाई यस्तो निर्देशन दिएको हो ।

एउटा ब्लगमार्फत् उक्त सामाजिक सञ्जाल कम्पनीले सो निर्देशन हङ‍्कङ, जापान र दक्षिण कोरियामा रहेका आफ्ना कर्मचारीलाई अनिवार्य लागु हुने बताएको छ ।

ट्विटरले संसारभरिका आफ्ना ५,००० कर्मचारीलाई पनि कार्यालय नआउन प्रोत्साहन गरेको बताएको छ ।

फेसबुक र गुगलजस्ता कम्पनीले पनि अमेरिकामा आयोजना हुने आफ्ना कार्यक्रम सबै स्थगित गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्