अर्थमन्त्री खतिवडाले आज राजीनामा दिने



काठमाडौं, फागुन-२०। अर्थमन्त्री डा .युवराज खतिवडाले आज राजिनामा दिने भएका छन् । राष्ट्रियसभामा खतिवडाको  कार्यकाल सकिन लागेकाले उनले राजिनामा दिने तयारी भएको श्रोतले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिले बैठकले एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय गरिसकेको छ । यद्यपी पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली उनको पक्षमा उभिएका थिए । तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट मनोनित हुने सिटमा कसैको नाम सिफारिस नगरेपछि राजिनामा दिन खतिवडा बाध्य भएका हुन् ।

अहिले राजिनामा दिएपनि फेरि ६ महिनासम्मलाई पनि अर्थमन्त्री बनाउन सकिने संवैधानिक प्रावधान भने जीवित छ ।

प्रतिक्रिया दिनुहोस्