कोरोना संक्रमीत राखिएको भवन भत्किदा ७० जना पुरिए,३८को जीवितै उद्धार



एजेन्सी,फागुन-२५ । चीनमा कोरोना संक्रमीत राखिएको पाँच तले भवन भत्किएको छ।चीनको तटवर्ती क्षेत्रमा रहेको उक्त शहरमा यस भवन भत्किदा ७० जना पुरिएका छन।

त्यहाँका प्रशासनका अनुसार उद्धारका लागि १४७ जना उद्धारकर्ताहरुलाई परिचालन गरिएको छ । उद्धारकर्ताहरुले चार घण्टाको अवधीमा अवेर रातीसम्म ३८ जनाको जिवितै उद्धार गरेका छन ।
   
अझैपनि भग्नावशेषमा ३० भन्दा बढी मानिसहरु पुरिएका छन । उनिहरुको उद्धारका लागि एकहजार फायरकर्मीहरुलाई तालिम प्राप्त कुकुरहरुका साथमा घटनास्थल पठाईएको छ ।त्यस्तै ३६ ईमरन्जेन्सी क्रेन र एक्साभेटर, ६७ दमकल, १५ एम्बुलेन्स र सैयौं चिकित्सकहरुलाई घटनास्थल तर्फ पठाईएको चिनिया सरकारी समाचार संस्था शिन्हुवाले जनाएको छ ।
भवन हिजो अर्थात शनिबार साँझ साढे ७ बजे भत्किएको बताइएको छ

प्रतिक्रिया दिनुहोस्