पहिरोका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या ४२ पुग्यो



काठमाडौ,फागुन-२६। पहिरोका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ।ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको हो ।

उक्त पहिरोमा परि ३६ जना हराइरहेका उद्धारकर्मीहरुले जनाएका छन् । गुआरुजाको पहाडी इलाकाका घरहरु वर्षा सगै सुरु भएको पहिरोले बगाएको छ ।

सो ठाउँमा गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको त्यहाँ स्थित  अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्