यूएईमा दुई नेपालीमा भेटियो कोरोना भाइरस



एजेन्सी,फागुन-२६।संयुक्त अरब इमिरेट्स (यूएई)मा दुई नेपालीमा कोरोना भाइरस(कोभिड–१९) भेटिएको छ।यूएईस्थित स्वास्थ्य मन्त्रालयका अनुसार दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको हो।

दुई जना नेपालीसहित यूएईका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र सिरियाका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

१४ जना नयाँ सङ्क्रमित थपिएसँगै यूएईमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको स्वास्थ्य विभागले प्रकाशित गरेको विज्ञप्तिमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्