कोरोना भाइरस लाग्दैन भनेर रक्सी पिउने २७ को मृत्यु



एजेन्सी,फागुन-२९। इरानका दुई प्रान्तमा  विषाक्त रक्सी पिउनाले २७ जनाको मृत्यु भएको छ।रक्सी पिउनाले कोरोना भाइरसको संक्रमणबाट मुक्ति पाउने अफवाह फैलिएसगै ती ब्यक्तिहरुले रक्सी पिएको खुलेको छ।

त्यस्तै  तीव्र दरमा फैलिरहेको कोरोना भाइरसबाट बच्न ७० हजार कैदीलाई अस्थायी रूपमा रिहा गरिएको छ। इरानको लगभग सबै क्षेत्रमा कोरोना भाइरस फैलिएको छ।इरानका न्याय विभागका प्रमुख इब्राहिम रेसीले सोमबार कैदीलाई अस्थायी रूपमा रिहा गर्ने घा्षणा गरेको थिए।

आजको कारोबार  दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्