भारतमा ७३ जना कोरोना संक्रमित,३० हजार निगरानीमा



काठमाडौ,फागुन-२९।भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७३ जना पुगेको छ भने ३० हजार नागरिक  निगरानीमा रहेको भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले संसदलाई जानकारी गराउने क्रममा उल्लेख गरेका छन्।

स्वास्थ्य मन्त्रीका अनुसार कोरोनाको रोकथामका लागि केन्द्र सरकारले राज्य सरकारहरुसँग लगातार सम्पर्क गरिरहेको छ।त्यस्तै विदेशबाट भारतमा प्रवेश गर्ने सबै मानिसलाई थर्मल स्क्रिनिङ्ग गर्न समेत थालिएको बताउदै  संक्रमण पत्ता लगाउन थर्मल स्क्रिनिङ्गमात्र पनि पर्याप्त नहुने बताए ।

उनले सांसदहरुलाई समेत कोरोना संक्रमणका बारेमा जागरुकता फैलाउन आग्रह गरे ।

अहिले भारतभर थप १५ वटा ल्याब स्थापना गरी नमूना परीक्षण समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्