रोनाल्डो पनि क्वारेन्टाइनमा,कोरोना भाइरसको आशंका



एजेन्सी,फागुन-२९। पोर्चुगलका चर्चित  फुटबलर क्रिस्टियानो रोनाल्डोलाई ‘नोबेल कोरोनाभाइरस’कोे आशंकामा ‘क्वारेन्टाइन’मा राखिएको छ ।

रोनाल्डो इटालियन क्लब युभेन्टसका स्टार खेलाडी हुन।उनी केहि समय अघि आफ्नो बिरामी आमालाई भेट्न पोर्चुगल पुगेका थिए ।

त्यसै बखत युभेन्टसका अर्का खेलाडी ड्यानिएल रुगानीलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि रोनाल्डोलाई पनि क्वारेन्टाइनमा राखिएको हो ।

उनलाई पोर्चुगल सरकारले चाहेको बेला इटाली फर्कनसक्ने अनुमति भने दिइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्